दलहरुले बास्तवमा हिजोका दिनहरुमा गल्ति गरेकै हुन् यो कुरा कँही कतै लुकाएर लुक्नेवाला छैन् । किनकी जनताहरुले चुनेर पठाएका सभासदहरुलाई दिल खोलेर सभासदहरुको मन र वचनले काम गर्न दिईएन् विगतको चुनावबाट विजय भएकाहरु सिण्डीकेटको चक्रभ्यूमा फसेका पक्कै हुन् ।
यसमा सभासदहरुको मात्र दोष देखिएको छैन् । आँखिर अवका पछिका दिनहरुमा निर्वाचन भयो भनेपछि उनै ठाउकेहरुनै हुन् देशको अवस्था सुधार्ने वा विगार्ने भन्ने जिम्मा पाउने । केही घटनाहरुका कारण पछिल्ला दिनहरुमा जनताहरुमा अलिकति सचेतीकरणमा बृद्र्धी भएको देखिएको छ । अवको अवस्था चार दल वा दलका टाउकेहरुले चाहेजस्तो नहुनपनि सक्छ । पुनः मुलुकको निकाशका लागि निर्वाचनको पूर्ण वातावरण आवश्यक छ त्यो वातावरण पछिल्लो समयमा बन्दै पनि गएको देखिएको छ । यतीवेला चारदलले बैद्यय पक्षधरका अन्य असन्तुष्ट दलहरुसँग आजसम्म सहमती हुने बताएका छन् ।
बैद्यय पक्षसँग वार्ता गरेर निश्कर्ष निस्कनेमा चारदल विश्वस्त भएको भएपनि यसवारे कुनै ठोस निर्णय भने हुने संकेत देखिएको छैन् ।
विगतमा दलहरुले गरेको गल्तिले सत्ता कर्मचारीको हातमा गएको आरोप लगाएका साना दलहरुले अहिलेनै सत्ता परिवर्तन भन्दा चुनाव र त्यसपछिका दिनहरुमा सत्ताको परिवर्तनलाई आत्मसाथ गर्न सकेको भए मुलुकमा विग्रदै गएको अवस्थामा सुधार हुने संभावना देखिएको छ ।





